च्याम्पियन्स लिगका खेलहरु आजबाट, म्यान्चेस्टर सिटी र मड्रिड भिड्दै


२३ श्रावण २०७७, शुक्रबार
champions league 18 19 1200x560 wm 1

काठमाडौं, २३ साउन । कोरोना भाईरसको महामारी फैलिएपछि रोकिएको च्याम्पियन्स लिग फुटबलका खेलहरु आजबाट हुँदैछन् ।

युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिगको प्रि–क्वाटरफाईनल दोस्रो लेगका दुई खेल आज राति हुनेछन् ।

आज इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र स्पेनको रियाल मड्रिड भिड्दैछन् । यी दुई टोलीबिचको पहिलो लेगको खेलमा म्यान सिटी २–१ ले विजयी भएको थियो ।

आजै इटालीको युभेन्टसले फ्रान्सको लियोंसँग खेल्नेछ । पहिलो लेगमा लियोंले युभेन्टसलाई १–० ले हराएको थियो । च्याम्पियन्स लिग राउण्ड अफ सिक्सटिनका अन्य दुई खेलहरुमा भोलि राति बार्सिलोना र नापोली तथा बायर्न म्युनिख र चेल्सी भिड्दै छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७