काठमाडौं उपत्यकामा आइतबारदेखि ‘सटडाउन’ गरिँदै

संक्रमण देखिएको क्षेत्रमा सिल


२३ श्रावण २०७७, शुक्रबार
jilla prasa ktm

काठमाडौँ, २३ असार । काठमाडाैं उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि ‘सटडाउन’ गरिने भएकाे छ ।

शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठकले ‘सटडाउन’ गर्ने निर्णय गरेको भक्तपुरकी सिडिओ हुमकला पाण्डेले जानकारी दिइन् । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने गरी सटडाउन गरिने भएकाे हाे । तत्काल लकडाउन भने नहुने उनको भनाइ छ ।

कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ हुने भएको हो ।

यस्तै पाण्डेका अनुसार नाकाहरूमा समेत थप कडाइ गर्ने निर्णय भएको बताइन् । उनले भनिन्,‘नाकामा समेत थप कडाइ गर्ने भनेका छौं। साथै जनस्वास्थ्यका मापदण्ड नमान्नेप्रति कडा प्रस्तुत हुने पनि निर्णय भएको छ ।’

बैठकले ‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने भएको छ । सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गरिनेछ ।


यस अवधिमा संक्रमण बढी देखिएको क्षेत्रलाई भने सिल गर्ने निर्णय भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने निणर्य भएको बताए । उनका अनुसार ‘जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई सिल गर्ने निर्णय भएको छ ।’उनले भने, ‘त्यसअनुसार टेकु, महाबौद्ध एसिया सिल गर्दैछौं ।’


यस्तै बैठकले उपत्यका भित्र कुनै किसिमको सभा, गोष्ठी, सेमिनार गर्न नपाइने निर्णय गरेको छ। पछिल्लो सम्य संक्रमणको जोखिम बढेको स्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७