काठमाडौंको टेकु, महाबौद्ध र न्यूरोड क्षेत्र सिल


२३ श्रावण २०७७, शुक्रबार
Newroad nepal

काठमाडौँ, २३ असार । काठमाडौं जिल्ला प्रशासन कार्यालयले टेकु, महाबौद्ध र न्यूरोड क्षेत्र सिल गर्ने निर्णय गरेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका अधिकारीबीच बसेको बैठकले सो निर्णय गरेको हो । महाबौद्धमा शुक्रबारमात्रै तीन जना कोरोना संक्रमित भेटिएका थिए।
आज राती १२ बजेबाट काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्यूरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको हो ।


काठमाडौंमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा फैलिएको छ । यी मुख्य व्यापारिक क्षेत्रहरुमा अत्याधिक भिडभाड हुने र संक्रमण फैलिने खतरा उच्च भएकोले यी क्षेत्र सिल गर्न लागिएको हो । सिल गरिएपछि यी क्षेत्र कहिले खुल्ने भन्ने खुलाइएको छैन् ।


यस्तै, बैठकले जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा रोक्ने भएको छ । नागरिकता र पासपोर्ट वितरण कार्य समेत बन्द गर्ने जनाइएको छ । यी तीन जिल्लामा संक्रमण देखिएका सबै ठाउँ सिल गर्ने भएको छ ।


यस्तै बैठकले उपत्यका भित्र कुनै किसिमको सभा, गोष्ठी, सेमिनार गर्न नपाइने निर्णय गरेको छ । पछिल्लो सम्य संक्रमणको जोखिम बढेको स्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७