लकडाउनपछि सबैभन्दा धेरै काेराना संक्रमण: थपिए ४६४ नयाँ संक्रमित,पाँचकाे मृत्यु


२३ श्रावण २०७७, शुक्रबार
korona gautam1

काठमाडौं, २३ साउन । देशभर कोराना संक्रमण तीव्र गतिमा फैलिएको छ । लकडाउन सुरु भएपछि सबै धेरै ४६४ कोरोना संक्रमित शुक्रबार थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा देशभरका प्रयोगशालामा ४६४ जनमा नयाँ संक्रमण पुष्टि भएकाे जानकारी दिए । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३३० छ। त्यस्तै, १० हजार २०७ जना क्वारेन्टाइनमा रहेका छन्।

त्यस्तै, २४ घण्टामा ४२५ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ। २४ घण्टामा सात हजार ९२६ पिसिआर परीक्षणमा गरिएकाे छ ।

यस्तै २४ घण्टामा ५ जनको मृत्यु भएको छ । मृत्यु हुने संख्या ७० पुगेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार कोरोनाको लक्षणसहित गम्भीर बिरामी परेका ६६ जनाको आइसियुमा उपचार भइरहेको बताए ।

गौतमले देशभर २६ सय आइसियु र ९ सय भेन्टिलेर रहेको बताए। जसमध्ये २५० आइसियु र भेन्टिलेटर कोरोनाका बिरामीको उपचारका लागि थपिएको छ। अझै २४० आइसियु र भेन्टिलेटर थप्ने तयारी भइरहेको गौतमले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७