काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दो, एकैदिनमा थपिए १०६ नयाँ संक्रमित


२३ श्रावण २०७७, शुक्रबार
corona virus covod 19

काठमाडौं, २३ साउन । काठमाडौं उपत्यकामा पछिल्लो समय निरन्तर कोराण संक्रमण बढ्दै गएको छ । शुक्रबार उपत्यकामा १०६ जना नयाँ कोरोना संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।


संक्रमित हुनेहरुमा भक्तपुरका ४ जना , काठमाडौंका ९२ जना, ललितपुरका १० जना गरी कुल १०६ जनामा रहेको छ ।

बिहिबार मात्र ८७ जना र बुधबार ६२ जना कोरोना संक्रमित थपिएका थिए । उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमित बढिरहेका स्वास्थ्य मन्त्रालयले बताएको छ ।


यस्तै शुक्रबार अनुसार पछिल्लो २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि भए छ । यो संगै कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ । नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार तीन सय ३० रहेका छन् ।


निको भए १५ हजार ८१४ फर्किएका छन् भने ७० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७