पर्सामा ४४ जना थुनुवासहित प्रदेश–२ मा १७९ जनामा कोरोना संक्रमण


२३ श्रावण २०७७, शुक्रबार
korona 1

पर्सा, २३ साउन । कोरोनाको ‘हटस्पट’ बनेको पर्सामा आज (शुक्रबार) जिल्ला प्रहरी कार्यालय पर्साका ४४ जना थुनुवासहित प्रदेश–२ मा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३१ महिलासहित १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–२ स्वास्थ्य निर्देशनालका बरिष्ठ अधिकृत विजय झाले जानकारी दिएका छन् ।

पर्सामा सबभन्दा बढी १९ महिलासहित १३३ जना छन् । जसमध्ये जिल्ला प्रहरी कार्यालय पर्साका मात्र ४४ जना थुनुवा र एक प्रहरीका जवान गरी ४५ जना रहेको निर्देशनालयले जनाएको छ । सप्तरीका १८ जना, धनुषाका १० जना, सर्लाहीका ९ जना, रौतहटका ४ जना र बाराका १ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार ५१४ पुगेको छ । पछिल्लो २४ घण्टामा उपचार पश्चात ९ महिलासहित ४० जना संक्रमित उपचार पश्चात निको भएर घर फर्केका छन् । हालसम्म प्रदेश २ मा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७