बंगलादेशका ११ राष्ट्रिय फुटबल खेलाडीमा कोरोना संक्रमण


२४ श्रावण २०७७, शनिबार
bangel

काठमाडौं, २४ साउन । बंगलादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।

सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

‘परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा कोरोना भाइरसको लक्षण देखिएको थिएन, तर परीक्षणबाट उनीहरुमा सङ्क्रमण भएको पुष्टि भएको हो’, बंगलादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले शुक्रबार भने ।

बंगलादेशमा अहिलेसम्म दुई लाख ५० हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । तीमध्ये तीन हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७