भारतमा एकै दिन साढे ६१ हजार जना संक्रमित, ९३३ जनाको मृत्यु


२४ श्रावण २०७७, शनिबार
india korona

नयाँदिल्ली, २४ साउन । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ९३३ जनाको ज्यान गएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ६१ हजार ५३७ नयाँ संक्रमित थपिएका छन् । कर्नाटक, विहार र आन्ध्र प्रदेशमा सबै भन्दा धेरै संक्रमण फैलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नयाँ संक्रमित थपिएसँगै कोरोना भाइरस संक्रमितको संख्या हालसम्म २० लाख ८८ हजार ६११ पुगेको छ । त्यस्तै मृतकको संख्या ४२ हजार ५१८ पुगेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार ६८ दशमलव ३२ प्रतिशतले निको भएका छन् । सक्रिय संक्रमितको संख्यामा पनि कमी आएको मन्त्रालयले जनाको छ । संक्रमितको संख्या हाल ६ लाख १९ हजार ८८ रहेको छ भने १४ लाख २७ हजार ५ जना संक्रमणमुक्त भएका छन् । एजेन्सी 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७