बेरुतमा विष्फोटनका कारण ६० जना अझै बेपत्ता, मृत्तक संख्या १५४ पुग्यो


२४ श्रावण २०७७, शनिबार
lebnan2020 08 06 01 22 27

लेबनान, २५ साउन । लेबनानको राजधानी बेरुतमा भएको विष्फोटनका कारण बेपत्ता भएकामध्ये ६० जना अझै सम्पर्कबिहीन छन् । दुर्घटना भएको चार दिन वितिसक्दा समेत बेपत्ता भएकाहरुलाई पत्ता लगाउन नसकिएको अधिकारीहरुले जनाएका छन् ।

शक्तिशाली विष्फोटनका कारण अहिलेसम्म १५० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । ‘अहिलेसम्म मृत्यु भएकाहरुको संख्या १५४ पुगेको छ । तीमध्ये २५ जनाको अहिलेसम्म पनि पहिचान हुनसकेको छैन’, एक अधिकारीले एएफपीलाई भने ।

उनले अहिलेसम्म पनि ६० जना बेपत्ता नै रहेको र उनीहरुको खोजी तथा उद्धार प्रयास भइरहेको जानकारी दिए । स्वास्थ्य मन्त्रीले शुक्रवार दिएको जानकारीअनुसार झण्डै ५ हजार जना घाइते भएका र ती मध्ये १२० जनाको अवस्था गम्भीर रहेको बताए ।

विष्फोटनपछि झण्डै ३ लाखभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् भने त्यही रहेकाहरु पनि त्रसित अवस्थामा रहेका छन् । शक्तिशाली विष्फोटनका कारण उनीहरु घरबारविहीन भएकाले उनीहरु विस्थापित हुन परेको अधिकारीहरुले जनाएका छन् ।

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विष्फोट भएको थियो । करिब दुई हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विष्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको थियो ।

यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइटे«ट’ भण्डारण गरिएको थियो । यस विष्फोटनको घटनाप्रति विश्वभरका नेताहरुले सहानुभूति र समवेदना व्यक्त गर्दै खेद व्यक्त गरेका छन् भने कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायहरुले लेबनानलाई सहयोग पनि गरेका छन् । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७