अमेरिका र ब्राजिललाई उछिन्दै भारतमा एकै दिन ६५ हजार जना संक्रमित

भारतमा हालसम्म ४२ हजार ५१८ जनाको कोरोनाबाट मृत्यु


२५ श्रावण २०७७, आईतवार
korona india 6

नयाँदिल्ली, २५ साउन । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख नाघेको छ । वर्ल्डओमिटरका अनुसार गत २४ घण्टामा ५४ हजार १३९ थप संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या ५१ लाख ४९ हजार ६६३ पुगेको हो ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मर्नेको संख्या १ लाख ६२ हजार ३८१ पुगेको छ । त्यस्तै १६ लाख ४३ हजार ११८ निको भइसकेका छन् । हाल अमेरिकामा २३ लाख ४६ हजार सक्रिय कोरोनाका बिरामी रहेका छन् ।

यस्तै भारतमा गत २४ घण्टाभित्र ६५ हजार थप संक्रमित भेटिएका छन् । वर्ल्डओमिटरका अनुसार एकै दिन ६५ हजार १५६ जनामा संक्रमण पुष्टि भएको हो ।

बढी संक्रमित हुने मुलुकको तेस्रो स्थानमा रहेको भारतमा हालसम्म ४२ हजार ५१८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १४ लाख २७ हजारले स्वास्थ्यलाभ प्राप्त गरेका छन् । भारतमा अहिले ६ लाख २८ हजार ७६३ सक्रिय बिरामी रहेका छन् ।

गत डिसेम्बरबाट फैलिएको कोरोनाबाट हालसम्म विश्वभर १ करोड ९४ लाख ९९ हजार बढी संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड १८ लाख ६४ हजार निको भइसकेका छन् भने ७ लाख २३ हजार ८८१ ले ज्यान गुमाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७