चेल्सीमाथि फराकिलो जित निकाल्दै बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


२५ श्रावण २०७७, आईतवार
Bayern Win 3 2048x1366 1

काठमाडौं, २५ साउन (एजेन्सी) । जर्मन च्याम्पियन बायर्न म्युनिख इंग्लिस क्लब चेल्सीमाथि फराकिलो जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको दोस्रो लेगको खेलमा ४–१ को तथा समग्रमा ७–१ को जित निकाल्दै बायर्नले क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बायर्नले पहिलो लेगमा ३–० को सहज जित निकालेको थियो । बायर्नको फराकिलो जितमा पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले दुई तथा इभान पेरिसिस र कोरेन्टिन टोलिसोसले समान एक गोल गरे । चेल्सीका लागि टम्मी अब्राहमले एक गोल फर्काए ।

घरेलु मैदानमा बायर्नले खेलको १०औं मिनेटमा लेवान्डोस्कीको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो । चेल्सीका गोलरक्षक विलफ्रेडो काभालेरोले लेवान्डोस्कीलाई फल गरेपछि प्राप्त पेनाल्टीमा लेवान्डोस्की आफैले गोल गरेका थिए ।

१४औं मिनेटमा थोमस मुलरले गोल गर्ने अवसर गुमाउदा बायर्न अग्रता दोब्बर पार्नबाट चुक्यो । १८औं मिनेटमा बायर्नका सर्जी जिनाब्री चुके । फेरी २४औं मिनेटमा लेवान्डोस्कीको पासमा अनमार्क रहेका इभान पेरिसिसले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

२६औं मिनेटमा चेल्सीका इमर्सनको प्रहारलाई बायर्नका गोलरक्षक तथा कप्तान म्यानुयल नुयरले बचाए । २८औं मिनेटमा कलुम हड्सन ओडोइले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)बाट मान्यता नपाउदा चेल्सीले अग्रता घटाउने मौका गुमायो । ओडोई अफसाइड देखिएको थियो ।

४४औं मिनेटमा इमर्सनको पासमा टम्मी अब्राहमले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अवस्थामा ल्याए । ४९औं मिनेटमा चेल्सीा मासन माउन्टको प्रहारलाई म्यानुयल नुयरले बचाए । ७२औं मिनेटमा फिलिपे कौटिन्होको प्रहारलाई वेल्फ्रेडोले मुस्किलले बचाए । ७६औं मिनेटमा लेवान्डोस्कीकै पासमा सब्सिच्युट कोरेन्टिन टोलिसोले गोल गर्दै बायर्नलाई जितको आधार देखाए ।

टोलिसो ७०औं मिनेटमा थियागो अलकान्ताराको स्थानमा मैदान प्रवेश गरेका थिए । ८३औं मिनेटमा निक्लस सुलले मौका गुमाए । सोही मिनेटमा अल्भारो ओर्डिजोलाको क्रसमा लेवान्डोस्कीले हेडरमार्फत व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गर्दै बायर्नलाई ४–१ को सानदार जित दिलाए ।

क्वाटरफाइनलमा वार्यनले बार्सिलोनाको समाना गर्ने भएको छ । शनिबार राति अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–१ को नतिजा सहित बार्सिलोना क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७