सुनको भाउ घट्यो, चाँदीको बढ्यो


२५ श्रावण २०७७, आईतवार
gold

काठमाडौं, २५ साउन । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ केहि घटेको छ भने चाँदीको भाउ बढेर नयाँ रेकर्ड बनाएको छ ।

आज नेपाली बजारमा सुनको भाउ अघिल्लो तोलामा ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत शुक्रबार प्रतितोला एक लाख तीन हजार पाँच सय कारोबार मूल्य तोकिएको सुनको भाउ आज (आइतबार) एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको छ ।

झण्डै दुई सातादेखि निरन्तर बढेर ऐतिहासिक मूल्य कायम भएको सुनको भाउमा आइतबार सामान्य गिरावट आएको हो । आइतबारका लागि महासंघको तेजावी सुनको भाउ एक लाख २ हजार एक सय रुपैयाँ तोकेको छ भने चाँदीको भाउ पाँच रुपैयाँ प्रतितोलामा बढेर १४ सय १० रुपैयाँ पुगेको छ ।

गत शुक्रबार हालसम्मकै उच्च मूल्य १४ सय ५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो । चाँदीको आइतबारका लागि तोकिएको मूल्य पनि हालसम्मकै सबै भन्दा उच्च भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटका कारण भाउ घटेको महासंघको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७