पूर्व क्रिकेटर पवन दासलाई कोरोना संक्रमण


२५ श्रावण २०७७, आईतवार
a8b7b9d69e446ff5a6256ca0e03a6f9d w1000 h500 cp

काठमाडौं, २५ साउन । पूर्व क्रिकेटर पवन दासलाई कोरोना भाइरस संक्रमण भएको छ ।
दासले फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मसँग साउन १५ गतेपछि सम्पर्कमा आउनेहरु कृपया सुरक्षित बस्नुहोला अरुलाई पनि सुरक्षित राख्नुहोला ।’

दाससँगै उनका बुबा र आमालाई पनि कोरोना सक्रमण पुष्टि भएको छ । हाल सप्तरीमा व्यवसाय गर्दै आएका दासले सन् २००२ मा यु–१५ र २००४ मा यु–१७ मा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७