पार्टी एकता जोगाउन दवाब दिन नेकपाका ६१ सांसदद्वारा हस्ताक्षर संकलन (विज्ञप्तीसहित)


२५ श्रावण २०७७, आईतवार
61

काठमाडौं, २५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ६१ जना सांसदले पार्टी एकताका लागि शीर्ष नेताहरुलाई दबाब दिन हस्ताक्षर अभियान शुरु गरेका छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेका तीनै पक्षमा आवद्ध ६१ सांसदले आइतबार अपरान्ह सिंहदरवारमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

सो अभियानमा संलग्नमध्येका एक जना विशाल भट्टराईले नेकपा विभाजनले देशमै संकट उत्पन्न हुने भन्दै त्यसलाई रोक्न सांसदहरुले हस्ताक्षर अभियान शुरु गरेको जानकारी दिए । उनका अनुसार सबै नेताहरुलाई दबाब दिनका लागि हस्ताक्षर संकलन गरिएको हो ।
‘नेकपा विभाजन भए अहिले शासन प्रणाली, संविधान र गणतन्त्र समेत धरापमा पर्छ ।

पार्टी विभाजनका गतिविधिलाई रोक्नका लागि हस्ताक्षर गरेका हौं ।’ माग पुरा गराउन आवश्यक परे नेताहरुका निवासमै धर्ना समेत तयार रहेको उनले बताएका छन् । उनले आफूहरु कुनै नेताको गुटमा नभई एकताको पक्षमा रहेको र सोही अनुसार शीर्ष नेताहरुलाई दवाव शुरु गरिएको उनीहरुको भनाइ छ । सत्तारुढ दल नेकपाभित्र बैशाखयता तीव्र शक्ति संघर्ष देखिएको छ । जसका कारण पार्टी विभाजनको दिशातिर अगाडि बढिरहेको छ ।

असार १० गते शुरु भएको स्थायी कमिटीको बैठक विवादका कारण असार २० यता बस्न सकेको छैन । कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको नेतृत्वमा पार्टीका बहुमत सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टी र सरकार दुवै राम्रोसँग सञ्चालन नगरेको आरोप लगाउँदै राजीनामाको माग गरेका छन् ।

ओलीले भने आफूले दबाबमा पद नछाड्ने बताउँदै आएका छन् । पार्टीभित्रको विवाद समाधानका लागि दुई अध्यक्षबीच पटक–पटक छलफल भए पनि अहिले बढ्दो असमझदारीका कारण छलफल र संवाद समेत टुटेको अवस्था छ ।

हेर्नुस् विज्ञप्ती

1 1
2 1
5
3
4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७