‘स्क्वास’ प्रशिक्षक थापालाई कोरोना संक्रमण


२६ श्रावण २०७७, सोमबार
d1880b39ca3b5ca658ae33bebd6245bc w1000 h500 cp

काठमाडौं, २६ साउन । स्क्वास खेलका प्रशिक्षक हिराबहादुर थापालाई कोरोना भाइरस संक्रमण भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतका प्रशिक्षक समेत रहेका पूर्व राष्ट्रिय च्याम्पियन थापाले आइतबार आफूलाई कोरोना देखिएको जानकारी गराएका छन् ।

स्क्वासका सदस्य तथा नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघका उपाध्यक्षलाई बिहीबार पोजिटिभ देखिएपछि उनले शनिबार स्टार अस्पताल पुगेर परीक्षण गराएका थिए ।

स्क्वासले केही दिनयता, आफ्ना सदस्यहरुका लागि प्रशिक्षण तथा खेल्न कोर्ट खुल्ला गरेको थियो । अहिले स्क्वास हल पूर्ण रुपमा बन्द गरिएको छ ।

प्रशिक्षक थापा सातदोबाटोस्थित स्क्वास भवनको एक फ्लोरमा क्वारेन्टिनमा बसिरहेका छन् । कोरोना पोजिटिभ देखिएपछि थापाले आफ्नो स्वास्थ्य सामान्य रहेको र आत्तिनु पर्ने कुनै अवस्था नरहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७