भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण


प्रकाशित मिति : 10 August, 2020 2:30 pm

नयाँदिल्ली, २६ साउन । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण भएको छ ।

सोमबार दिउँसो मुखर्जी आफैंले ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘आज मेरो परीक्षणको नतिजा कोरोना पोजिटिभ आएको छ । पछिल्लो हप्ता मसँग भेटघाट गरेका जति पनि हुनुहुन्छ, उहाँहरू सबै अलग्गै बस्नुस् र कोभिड–१९ परीक्षण गराउनुस् ।’

प्रतिक्रिया दिनुहोस्