धनुषाका मृत्तकमा कोरोना पुष्टि


२६ श्रावण २०७७, सोमबार
korona death

धनुषा, २६ साउन । धनुषामा मृत्यु भएका दुई जना पुरुषमध्ये एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाको मिथिला बिहारी नगरपालिका–५ निवासी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनको शनिबार राति मृत्यु भएको थियो ।

मिथिला बिहारी नगरपालिका–५ घर भएका उनी जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित बिनयतारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए ।

विदामा घर गएको बखत बिरामी भएका उनलाई एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको थियो ।

यस्तै धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय पुरुषमा भने संक्रमण पुष्टि नभएको प्रजिअ भट्टराइले जनाएका छन् । उनको पनि शनिबार राति नै मृत्यु भएको थियो । योसँगै कोरोनाका कारण धनुषामा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि शहीद नगरपालिका–८ का ३६ बर्षीय पुरुषको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७