उपत्यकामा आज थप ४३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १,१७९ पुग्यो

उपत्यकाका संक्रमितको कहाँ, कसरी र कतिको हुँदैछ उपचार ?


२६ श्रावण २०७७, सोमबार
kathmandu valley 2nd ring rode

काठमाडौं, २६ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज नेपालमा संक्रमण पुष्टि भएका ३३८ जनामध्ये काठमाडौं उपत्यकाका ४३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ ।

आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । यसैगरी पछिल्लो २४ घण्टामा निको भएर १४० डिस्चार्ज भएका छन् भने थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण देखिएसँगै उपत्यकामा मात्रै कुल कोरोना संक्रमितको संख्या एक हजार १७९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ३६ जना, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा छन् ।

योसँगै काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ९४६ जना, ललितपुरमा १४३ जना र भक्तपुरमा हालसम्म ८८ जना पुगेको छ । सरकारले कोरोना संक्रमित बढ्न थालेपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ भने साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मको आवागमनलाई बन्द गराएको छ ।

यस्तै सवारी साधनमा जोर बिजोर र राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन समेत बन्द गरेको छ । त्यस्तै उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिएका छन् ।

काठमाडौं उपत्यकामा ४४३ संक्रमितको यसरी हुँदैछ उपचार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ४४३ जना कोरोना संक्रमितको उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयकाअनुसार ४४३ जनामध्ये ४०८ जना ‘आइसोलेसन’ कक्षमा, ३४ जना आइसीयु र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

जसमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ४९ जना, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा ११२, कीर्तिपु स्थित आयुर्वेदिक अस्पतालमा ८८ जना, पाटन अस्पतालमा ८६, दुवाकोटस्थित केएमसी अस्पतालमा ८१, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ११ र धापासीस्थित ग्रान्डी अस्पतालमा छजना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
मन्त्रालयकाअनुसार लक्षण देखिएका संक्रमितलाई आइसीयु कक्षमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७