गोंगबुमा सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो


२६ श्रावण २०७७, सोमबार
hatya photo gNCk3aXUXB

काठमाडौं, २६ साउन । काठमाडौंको गोंगबुमा विभत्स अवस्थामा सुटकेशमा फेला पारिएको शवको पहिचान खुलेको छ ।

विभत्स रुपमा हत्या गरी सुटकेशमा हालेर फालिएको शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको प्रहरीले जानकारी दिएको छ । शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गर्दै पहिचानका लागि प्रहरीलाई सहयोग गर्न आग्रह गरेको थियो ।

त्यसपछि शव बोहराको भएको खुलेको हो । उनी नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने गरेको पाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । मृतकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली अहिले गोंगबु पुगेको छ ।

आइतबार गोंगबु चोक नजिकै सुटकेशभित्र टाउको र खुट्टा विनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो । शव पहिचानका लागि प्रहरीले गोंबगु क्षेत्रका करीब एक हजार व्यक्तिसँग सोधीखोजी गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७