त्रिवि व्यवस्थापन संकायका सबै परीक्षा स्थगित


२६ श्रावण २०७७, सोमबार
tu

काठमाडौं, २६ साउन । त्रिभुवन विश्व विद्यालयले भदौ दोस्रो हप्तादेखि सञ्चालन हुने भनिएका व्यवस्थापन संकाय स्नातक र स्नातकोत्तर तहका परीक्षा फेरि स्थगित गरेको छ ।

त्रिवि व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले सोमबार सूचना प्रकाशित गरी ‘हाल कोभिड–१९ को महामारी बढिरहेको र जिल्ला प्रशासन कार्यालयहरुबाट विभिन्न जिल्लामा निषेधाज्ञा समेत जारी भएकोले यस संकायको परीक्षा नियन्त्रण महाशाखाद्वारा लिइने सम्पूर्ण परीक्षाहरु अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको’ जनाएको छ ।

यसअघि महाशाखाले लकडाउन खुले लगत्तै साउन ९ गते सूचना प्रकाशित गरी स्थगित परीक्षाहरु भदौ दोस्रो सातादेखि हुने जनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७