पाँच अमेरिकी सिनेटरसहित ११ जनाविरुद्ध चीनको कारवाही


२६ श्रावण २०७७, सोमबार
trump xi america china

बोइजिङ, २६ साउन । चीनले अमेरिकी सिनेटरहरु मार्को रुबिओ र टेड क्रुज समेतका ११ जना प्रभावशाली अमेरिकी नागरिकविरुद्ध प्रतिबन्धहरुको घोषणा गरेको छ ।

हङकङ मामिलासँग जोडिएको भन्दै अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्धहरु घोषणा गरेको विरोधमा चीनले उक्त घोषणा गरेको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा हङकङसँग सम्बन्धित मामिलामा केही मानिसले नराम्रो व्यवहार गरेकाले प्रतिबन्धहरु लगाउनु परेको जानकारी दिए ।

चिनियाँ प्रतिबन्धको सूचीमा ह्युमन राइट्स वाचका निर्देशक केनेथ रथ र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीका अध्यक्ष कार्ल गर्सम्यान पनि रहेका छन् ।

अमेरिकाले शुक्रबार हङकङकी प्रमुख कार्यकारी क्यारी लाम र १० जना चिनियाँ वरिष्ट अधिकारीको संयुक्तराज्य अमेरिकामा रहेका सम्पत्ति रोक्का राख्ने घोषणा गरेको थियो । चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागू गरेपछि त्यसको विरोधमा अमेरिकाले कडा प्रतिबन्धहरु घोषणा गरेको बताइएको छ ।

अमेरिकाले हङकङकी प्रमुख कार्यकारी क्यारी लाम र प्रतिबन्धहरु घोषणा गरिएका अरु चिनियाँ वरिष्ठ अधिकारीहरुले चीनका नीतिहरु हङकङमा कार्यान्वयनमा ल्याउन प्रमुख भूमिका निर्वाह गरेको आरोप लगाएको छ ।
प्

रवक्ता झाओले अमेरिकी कदमले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्नुका साथै अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७