‘रेडमी नोट ९ प्रो म्याक्स’ नेपाली बजारमा, यस्तो छ विशेषता


२६ श्रावण २०७७, सोमबार

काठमाडौं, २६ साउन । शाओमीले रेडमी नोट सिरिजको रेडमी नोट ९ प्रो म्याक्स नेपाली बजारमा सार्बजनिक गरेको छ।

रेडमी नोट सिरिजको यो तेस्रो मोडल हो। ६.६७ एफएचडी प्लस डट डिस्प्लेका भएको यो फोनमा क्वालकम स्न्यापड्रैगन ७२०जी र ८एनएम चिपसेट प्रयोग गरिएको छ। ५०२० एमएएच क्षमताको ब्याट्री भएको यो फोन ३३ वाटको फास्ट चार्जरबाट चार्ज गर्न मिल्छ।

चारओटा क्यामेरा भएको यो फोनमा ६४ मेगापिक्सेलको सामसङ आइसोसेल ब्राइट सेन्सर प्राइमेरी सेन्सर प्रयोग गरिएको छ। ८ मेगापिक्सेलको अल्ट्रा-वाइड सेन्सर, ५ मेगापिक्सेलको म्याक्रो सेन्सर र २ मेगापिक्सेलको डेप्थ सेन्सर छ । ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा भएको यसबाट न्यून प्रकाश भएको ठाउँमा पनि राम्रो क्याप्चर गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

सुपर स्टेबलाइजेशनले ईआईएसको तुलनामा उच्च स्तरको स्थिरताका साथ प्रयोगकर्तालाई भिडियो खिच्न पनि सहयोगी हुने कम्पनीले बताएको छ।

ब्ल्याक, अरोरा ब्लु र ग्लेसियर ह्वाइट कलरमा उपलब्ध यो फोन दुई स्टोरेज भेरियन्टमा उपलब्ध हुने छ। ६जीबी र्‍याम र १२८जीबी मेमोरी भएको फोनको मूल्य ३१,९९९ रहेको छ। त्यस्तै ८जीबी र्‍याम र १२८ जीबी मेमोरी भएको फोनको मूल्य ३४,९९९ रहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७