नेकपाभित्र अनुशासनको कमी भयो, स्वेच्छाचारिता बढ्यो : अमृत बोहरा

‘पार्टीमा सैद्धान्तिक भन्दा व्यक्तिगत टकराव छ’


२७ श्रावण २०७७, मंगलवार
Amrit Bohara

सिन्धुपाल्चोक, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिक भन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताएका छन् ।

नेकपा क्षेत्र नं १ प्रदेश (क) द्वारा आयोजित बैठकमा उनले पार्टीका हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकामा चिन्ता समेत व्यक्त गरे । पार्टीको हरेक नेता–कार्यकर्ता बैठकबाट भाग्न नहुने उनले बताए ।

सांसद शेरबहादुर तामाङले पार्टीभित्र सामान्य समस्या रहेको र पार्टी एक ढिक्का बनाउन गरिएका प्रयत्न बाहिर नआएकामा आश्चर्य प्रकट गरेका छन् । उनले जनभावना विपरीत गतिविधि गर्ने हरेक नेता–कार्यकर्ता आफै समाप्त हुने समेत बताए ।

बैठकमा पूर्व सांसद सुवास कर्माचार्य, जिल्ला कमिटी अध्यक्ष झम्क नेपाल, प्रदेश कमिटी सदस्य अमृता नेपाललगायतले आफ्ना विचार राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७