प्रहरीमा कल्पनाको बयान : बोहराले गोप्य फोटो फेसबुकमा राख्न थालेपछि हत्या गरें


२७ श्रावण २०७७, मंगलवार
kalpana gongabu

काठमाडौं, २७ साउन । काठमाडौंको गोंगबुमा आइतबार बिहान सुटकेसमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले अपराध स्वीकार गरेकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले आज (मंगलबार) संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा कल्पना मुडभरी (पौडेल) ले हत्या स्वीकार्दै साविती बयान दिएकी छिन् । पत्रकार सम्मेलनमा कल्पनाले बोहराले आफूमाथि यौन हिंसा गरेकाले हत्या गरेको बताएकी छिन् ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन–चार वर्षअघि फेसबुकबाट चिनजान भएको पाइएको जानकारी गराएका छन् ।

कृष्णबहादुर बोहराले नक्कली फेसबुक एकाउन्ट बनाएर आफ्नो गोप्य (निर्वस्त्र) तस्वीरहरु राखेर दुःख दिएको बयानमा बताएको एसएसपी ज्ञवालीले बताए । बोहराले आफ्नो अन्तरङ्ग तस्विर नक्कली फेसबुक आइडी बनाउँदै हाल्ने र आफू अनुकूल प्रयोग गर्न खोजेपछि हत्या गरेको उनले बयानमा बताएकी छिन् ।

बोहरालाई ती महिलाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको प्रहरीको भनाइ छ ।

बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेको र मरेको एकिन भएपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

कल्पनालाई प्रहरीले चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएर अनुसन्धान शुरु गरेको हो । कल्पना र उनकी १५ वर्षीया छोरीलाई मंगलबार बिहान काठमाडौं ल्याइ प्रहरीले गोंगबुस्थित हत्या गरिएको घरमै लगेर बयान लिएको हो । बयानकै क्रममा ती महिलाले बोहोराको हत्या गरेको र शव व्यवस्थापनमा छोरीले सहयोग गरेको खुलेको छ ।

ती महिला विगत २ वर्षदेखि घटनास्थलबाट केही मिटर पर रहेकोे किरण बस्नेतको घरको तेश्रो तल्लामा आफनी एक छोरी र एक छोरासँग बस्दै आएको र ती महिलाका श्रीमान् भने खाडी मुुलुकमा रहेको खुलासा भएको छ ।

हत्यापछि शवलाई टुक्रा पारेर सुटकेशमा राखिएको र टाउको र खुट्टा भने प्लाष्टिकको झोलामा राखेर फालिएको थियो । शव व्यवस्थापनपछि आमा छोरी एम्बुलेन्स भाडामा लिएर चितवन पुगेको खुलासा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७