कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति मुखर्जीको अवस्था गम्भिर


२७ श्रावण २०७७, मंगलवार
pranav mukharjee

नयाँदिल्ली, २७ साउन । कोरोना भाइरसबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखिएको छ ।

मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि गरिएको शल्यक्रिया पश्चात ८४ वर्षीय पूर्व राष्टपति मुखर्जीलाई भेन्टिलटरमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शल्यक्रिया पूर्व गरिएको कोरोना परिक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो । सोमबार शल्यक्रिया भएको र शल्यक्रिया सम्पन्न भएको केही घण्टापछि नै उनलाई भेन्टिलेटरमा सारिएको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७