रुसले बनायो कोरोनाको स्थायी प्रतिरक्षामुलक खोप


२७ श्रावण २०७७, मंगलवार
korona medicine

मस्को, २७ साउन । महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाइरहेका बेला रुसले कोरोना भाइरसविरुद्ध स्थायी प्रतिरक्षामुलक खोपको विकास गरेको छ ।

यो पहिलो खोप राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका छन् । ‘यस बिहान, विश्वमै पहिलो पटक कोरोना भाइरसविरुद्ध एउटा खोप रुसमा दर्ता भएको छ,’ नेता पुटिनले भनेका छन् ।

पुटिनले आफ्नी एउटी छोरीलाई पनि यस खोप लगाएको बताएका छन् । पुटिनले अघि भनेका छन्, ‘मेरी एक छोरीलाई पनि यो खोप लगाइएको थियो । यसर्थ, मलाई लाग्छ, उनले पनि यो परीक्षणमा भाग लिइन् ।’

रुसले कोभिड १९ विरुद्धको खोप विकासमा तीव्र रुपमा काम गर्दै आएको छ । यही महिनाको शुरुमै भनिएको थियो कि, उक्त खोप केही सातामै आम मानिसले प्रयोग गर्न मिल्ने गरी सार्वजनिक हुनेछ ।

अर्को वर्षदेखि दशौँ लाख मानिसले प्रयोग गर्न सक्ने गरी उत्पादन हुने बताइएको थियो । विश्व स्वास्थ्य संगठनले भने गत साता रुसलाई स्थापित निर्देशिका तथा मान्यता पछ्याउन आग्रह गरेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७