लोकनृत्य प्रतियोगितामा कबिर मा.वि बेलवारी प्रथम


१९ माघ २०७४, शुक्रबार
belbari

बेलवारी, १९ माघ : श्री जनता आधारभूत विद्यालयको स्वर्ण महोत्सव समारोहको लोकनृत्य प्रतियोगितामा श्री कबिर मा.वि बेलवारी प्रथम भएका छन् । मोरङको बेलवारी स्थित वाड नं. १ नक्सलवारीमा मङ्गलवार देखी सुरु भएका स्वर्ण महोसवको दोस्रो दिन स्रोत केन्द्र अन्तरगतका ८ विद्यालय बिच भएको लगो नृत्य प्रतिायोगिता करिब पहिलो भएको हो ।belbari 1

दोस्रो लक्ष्मी मा.वि, बेलवारीका नृत्य समूह भएका छन् भने तेस्स्रो बिरेन्द्र मा.वि, बेलवारीका नृत्य समूह भएका छन् । बेलवारीको वाड नं. ३ स्थित श्री भगवती मा.बिको नृत्य समूहका अभिमान सुबेदी प्रतियोगिताको उत्कृष्ट नृत्य गर्ने व्यक्तिमा घोषित भएका छन् । सुबेदीलाई नगत रु.१ हजार १ सय ११ रुपया, ट्रफी, प्रमाणपत्र र मेडेल प्रदान गरिएको थियो ।

प्रतियोगिताको पहिलोले नगद पुरस्का रु.५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र, दोस्राले रु.३ हजार ३ सय ३३ रुपैयाँ ट्रफी,मेडल, प्रमाणपत्र र तेस्स्रोले रु.२ हजार २ सय २२ रुपैयाँ ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । नृत्य प्रतियोगिताकोको निर्णयको घोषणा प्रतियोगिताका निर्णयक प्रदेश नं. १ का राष्ट्रिय कलाकार नृत्य संघका अध्यक्ष राजु बस्नेत र जे.बी थुलुङले गरेका थिए ।lok dance competiation 1

कार्यक्रममा स्थानीय कलाकारहरूले गीत साथै नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका पूर्व विद्यार्थी साथै आर्थिक सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व संसद् हर्कमा तामाङ, नेकपा (एमाले) बेलवारी नगरका संयोजक ईरन राई, शिक्षा विभाग उपनिदेशर्क पदम विष्ट लगायत उपस्थित अतिथीहरुले कार्यक्रमलाई सम्बोदन गर्दा सरकारी तथा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा निजी विद्यालयको भन्दा कम नभएको र सामुदायिक विद्यालयमा विश्वास गर्नु पर्ने कुरामा जोड दिएका थिए ।lok dance competiation 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७