माओवादी नेतालाई गोली प्रहार गर्ने पक्राउ


१९ माघ २०७४, शुक्रबार

धनुषा, १९ माघ : नेकपा माओवादीका एका नेतामाथि गोली प्रहार गर्ने सुटरलाई धनुषा प्रहरीले समातेको छ । ०७३ फागुन १ गते सिरहा मिर्चैया–२ बस्ने माओवादी नेता मो. लालु खालाई गोली प्रहार गर्ने मुख्य सुटर धनुषाको कमला नगरपालिकाका–२० वर्षीय सुनिलकुमार यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको जनाएको छ ।arrest

यसअघि माओवादी नेता खालाई गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले विसुनदेव सहनी, विजय महतो र छोटकन ठाकुरलाई पक्राउ गरी सिरहा प्रहरीलाई बुझाएको छ । मधेस राष्ट्र जनतान्त्रिक पार्टीले गोली प्रहारको जिम्मा लिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुन्धान शाखाका इन्चार्ज किस्मत भण्डारीको नेतृत्वमा रहेको प्रहरी टोलीले बिहीबार राति यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि सिरहा प्रहरीलाई बुझाइने धनुषा प्रहरीले जनाएको छ । नेता खामाथि तीन राउण्ड गोली प्रहार भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७