सिटी एक्सप्रेस नेपाल र इन्ज्याज साउदीले गर्य बिजेताहरुको नाम घोषणा


२७ श्रावण २०७७, मंगलवार
1597126039winer

काठमाडौं, २७ साउन । सिटी एक्सप्रेस मनी ट्रान्सफरले साउदीको इन्ज्याज बैंक एएल बिल्याडसँगको सहकार्यमा “हरेक कारोबारमा आकर्षक उपहार” योजना ल्याएको थियो।

सो योजना जनवरी ३०, २०२० देखी अप्रिल ३०, २०२० (३ महिना) सम्म चलेको थियो।

जसअन्तर्गत योजना अवधि भर ४५ जना बिजेताहरुले सिटी म्याक्स सपिङ भाउचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जना भाग्यशाली बिजेताहरुले हवाई टिकट जित्न सक्ने योजनामा रहेको थियो।

सोही योजनाअनुरुप साउदीमा कार्यरत बिकास थडराई, गोविन्द नेपाली , पूर्णबहादुर रिमाल, होम राज सापकोटा र किस्मत सार्किले बम्पर उपहार स्वरुप हवाई टिकट जित्न सफल भएका छन्।यस महामारीको कारणले हवाई टिकटको सट्टामा विजेताहरुले २ हजार साउदी रियाल प्राप्त गरेको छन्।

सिटी एक्सप्रेसले १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रलिया, आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७