कोरोनाबाट भारतमा एकै दिन ६१ हजार संक्रमित, ८३५ जनाको मृत्यु

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो


२८ श्रावण २०७७, बुधबार
india korona

नयाँदिल्ली, २८ साउन । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ५४ हजार ७२७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई करोड पाँच लाख दुई सय ९७ पुगेको छ ।

विश्वभरी नै कोरोना संक्रमणदर घटन सकेको छैन । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित भारतमा देखिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार २५२ जनामा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरमा उल्लेख छ ।

भारतपछि ब्राजिल र अमेरिकामा धेरै संक्रमित देखिएका छन् । यस अवधिमा ब्राजिलमा झण्डै ५५ हजार र अमेरिकामा ५२ हजार पाँच सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । भारतमा संक्रमितको संख्या २३ लाख २८ हजार नाघेको छ भने ४६ हजार १८८ जनाले ज्यान गुमाएका छन् । यो बुधबार बिहान ६ बजेसम्मको तथ्यांक हो।

पछिल्लो २४ घण्टामा भारतमा ८३५ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा सबैभन्दा धेरै अमेरिकामा १३ सय ७९, ब्राजिलमा १२ सय ४२, मेक्सिकोमा सात सय पाँच, कोलम्बियामा तीन सय २१, अर्जेन्टिनामा दुई सय ४० जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वमा अहिलेसम्म संक्रमणको कारण सात लाख ४४ हजार तीन सय ६६ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या दुई करोड पाँच लाख दुई सय ९७ पुगेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७