रुसले कोरोनाविरुद्धको खोप बनाएको बताए पनि डब्ल्युएचओलाई भने चिन्ता


२८ श्रावण २०७७, बुधबार
korona medicine

काठमाडौं, २८ साउन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुसले विकसित गरेको भ्याक्सिनको मूल्यांकन गर्न यसबारे केही जानकारी नभएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनअन्तर्गत पर्ने पेन–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भने, ‘ब्राजिलले भ्याक्सिन बनाउन शुरु गर्नेछ भन्ने सुनेको छु । तर जबसम्म थप ट्रायल पूरा हुँदैन तबसम्म यस्तो गर्न हुँदैन ।’

भ्याक्सिन बनाउने जोसुकैले पनि यो प्रक्रियाको पालना गर्नुपर्छ र भ्याक्सिन सुरक्षित भएको र विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको भनेर सुनिश्चित गर्नुपर्छ ।

vladimir putin cU2y2PVPIv
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन

गत हप्ता विश्व स्वास्थ्य संगठनले रुसलाई कोरोनाविरुद्धको भ्याक्सिन बनाउनका लागि अन्तर्राष्ट्रिय दिशानिर्देशको पालना गर्न आग्रह गरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले रुसले कोरोनाविरुद्ध तयार बनाएको भनेको खोपबारे अनभिज्ञता प्रकट गरेको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका वैज्ञानिकले बनाएको कोरोना खोप अब सबैलाई लगाउन तयार भएको मंगलबार घोषणा गरेका छन् ।

त्यस क्रममा उनले २ महिनासम्म मानिसमा गरिएको परीक्षणले यो खोप सबै किसिममले सुरक्षित र प्रभावकारी भएको दाबी गरेका छन् । खोप आफ्नो छोरीले पनि लगाएको र सफल देखिएको उनको भनाइ छ । खोपलाई रुसको स्वास्थ्य मन्त्रालयले अनुमति समेत प्रदान गरिसकेको राष्ट्रपति पुटिनले जानकारी दिएका छन् ।

तर यति छोटो समयमै रुसले खोप बनाएकाप्रति डब्लुएचओसहित विश्वका वैज्ञानिकले शंका र चिन्ता प्रकट गरिरहेका छन् । परीक्षणका सबै चरण पूरा नभएको आशंका उनीहरूले गरेका हुन् ।
यसै क्रममा डब्लुएचओको पछिल्लो अभिव्यक्ति आएको हो । डब्लुएचओले रुसले बनाएको खोपबारे आफूलाई कुनै जानकारी नभएकाले त्यसको मूल्यांकन गर्ने कुरै नभएको टिप्पणी गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७