साहित्यकार मनु ब्राजाकी रहेनन्
काठमाण्डौं, १९ माघ : साहित्यकार मनु ब्राजाकीको निधन भएको छ । उनको आज (शुक्रबार) बिहान ७५ वर्षको उमेरमा निधन भएको हो । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।
उनकी श्रीमती, एक छोरा र एक छोरी छन् । ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथा संग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेख–रचना लेखिरहने उनी नेपाली गजल लेखनमा पनि सिद्धहस्त मानिने उहाँका समकालीन बताउँछन् ।