कोरोना संक्रमणका कारण जनकपुरका पूर्व मेयरको निधन


२८ श्रावण २०७७, बुधबार
Krishna Giri Death

जनकपुरधाम , २८ साउन । कोरोना संक्रमणका कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ। जनकपुरको रामा होटेलका संचालक ७२ वर्षीय गिरीको मंगलबार राति मृत्यु भएको हो ।

गिरीको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । १५ दिनअघि कोरोना संक्रमण पुष्टि गिरीलाई केहि दिन अघि श्री एयरलायन्सको विमान चार्टर गरी थप उपचारको लागि काठमाडौंको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको थियो।

निमोनिया, झाडापखारा र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई साउन ५ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

गिरी २०४२ सालदेखि ४ बर्षसम्म जनकपुरको मेयर बनेका थिए । उनी जनकपुरधामको मिल्स एरियास्थित होटल रामाका सन्चालकसमेत हुन् । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८६ पुगेको छ। यसअघि पाटन अस्पतालमा उपचाररत ३८ वर्षीय कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको थियो। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७