आमा–छोरी नै ताकेपछि अकल्पनीय अन्त्य, कल्पनाले फेरिन् बयान


२८ श्रावण २०७७, बुधबार
kalpana gongabu

काठमाडौं, २८ साउन । केटोलाई आमाले नपुगेर लुकिछिपी छोरी ताक्ने, आमा चाहिँ ट्याक्सी चढेर डुलिरहने । ५० लाखको हिसाब पनि छोरीसँगको सम्बन्धका नाममा तिर्न नखोज्ने भएपछि मान्छे काटेर फ्याँक्ने टोखा– १०, गोंगबुस्थित नवज्योति मार्गको विभत्स हत्याकाण्डको मूल कारण हो यो ।

आइतबार (साउन) २ः५० बिहान नवज्योति मार्गमै दाङका कृष्णबहादुर बोहोराको शवको ९० प्रतिशत भाग सुटकेशमा पेला परेको थियो भने टाउको र खुट्टा चाहिँ ३ सय मीटर पूर्वोउत्तरस्थित स्वर्गद्वारी मार्गको खाली ठाउँमा भेटियो ।

अघिल्लो रात कृष्णबहादुरलाई आफ्नै डेरामा काटकुट पारी झोलामा पोको पार्ने महिला कल्पना मुडभरी (पौडेल) र उनकी १६ वर्षिया छोरी भने त्यही दिन एउटा एम्बुलेन्स चढेर चितवनतिर भागे । राति रुस्लान भोड्कामा सितनस्वरूप मासु र दहीच्युरा मात्रै खुवाइनन्, पाँच वटा स्लिपिङ ट्याब्लेट पनि हालिदिइन् । कृष्णबहादुरले होस गुमाए, नगुमाएको पत्ता लगाउन हम्मरले अण्डकोषमा बेस्सरी हिर्काइन् । तर, चालचुल नभएपछि घाँटी र खुट्टा रेटेर एकातिर, बाँकी शरीर अर्कातिर पोको पारिन् ।

सोमबार चितवनबाट पक्राउ पर्ना साथ कल्पनाले आफू र छोरी मिलेर यस्तो काम गरेको बताए पनि उनीसँग नियमित सम्पर्कमा रहेका एम्बुलेन्स ड्राइभरको पनि यसमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विवाहेत्तर सम्बन्ध
मृतक कृष्णबहादुर र अभियुक्त कल्पना दुबै विवाहित हुन् । कृष्णबहादुरकी पत्नी भारतको दिल्लीमा र कल्पनाका पति दुबईमा रोजगारी गर्छन् । कृष्णबहादुर नयाँबजारस्थित एसआई मल्टिपर्पस नामक कपडाको होलसेलबाट सामान लिएर गोंगबु, नयाँबसपार्कतिर सप्लाईको काम गर्थे । आफ्नै कोठा थिएन, गोंगबुकै एक गेष्ट हाउसमा महिनावारी भाडा तिरेर बस्थे । तर, बढीजसो रात कल्पनाकै कोठामा बिताउँथे । यस्तो क्रम दुई वर्षदेखिको हो ।

कल्पना चाहिँ कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने हाँस्य सिरियल ‘हर्के हवल्दार’ मा कहिलेकाँही छोटो भूमिकामा खेल्ने गर्थिन् । उनको विभिन्न ट्याक्सीका ड्राइभरहरूसँग बढी हिमचिम हुन्थ्यो । प्रायः ट्याक्सीमा रातको समय कोठा पुग्थिन् । बिहान चाहिँ कृष्णबहादुरले स्कुटीमा हालेर विभिन्न ठाउँमा पुर्‍याउने गर्थे । तर, जतिबेला पनि बाहिरै व्यस्त हुने उनी के काम गर्थिन् भन्नेबारे छरछिमेकले यकिन साथ बताएका छैनन् । प्रहरीले घटनापछि कृष्णबहादुरको स्कुटी बरामद गरेको छ ।

पैसा र छोरी
पछिल्ला दिनमा पैसा र छोरीको कुरालाई लिएर कृष्णबहादुरसँग झगडा पर्ने गरेको बयान कल्पनाले प्रहरीलाई दिएकी छन् ।

सोमबार पक्राउ पर्ना साथ कृष्णबहादुरले छोरीलाई बलात्कार गर्न खोजेका कारण हत्या गरेको बताएकी उनले हिजो मंगलबारदेखि बयान फेरेकी छन् । उनको पहिलो बयान घटनासँग बाझ्ने खालको थियो । किनभने, उनले स्लिपिङ ट्याबलेट, मान्छे अटाउने सुटकेश किनेकी छन्, हात खुट्टा बाँध्न प्लाष्टिकको झोला किनिन्, हम्मर र चक्कु राखिएको छ ।

यस्तो घटना भवितव्य नभई योजनाबद्ध भएको प्रहरीको दाबीपछि बल्ल कुरा खोलिन्, ५० लाखको । कल्पनाले कृष्णबहादुरसँग पटक पटक गरेर ५० लाख रूपैयाँ लिएकी थिइन् । उक्त रकम आफ्नो पार्टनरको भएका कारण छिट्टै फर्काउनु पर्ने दबाब थियो ।

पटक–पटक ताकेता गर्दा पनि कल्पनाले रकम फिर्ता गरिनन् । बरु, अरू–अरूको नामका चेक दिँदै टार्दै रहिन् । कृष्णबहादुर पैसा साट्न बैंक जान्थे तर अकाउण्टमा पैसा नभएका कारण घण्टौं लाइनमा बसेर फर्किन्थे । यही निहुँमा उनीहरूबीच केही महिनादेखि झगडा बढ्दै थियो ।

यसपछि कल्पनासँग नियमित शारीरिक सम्पर्कमा रहेका कृष्णबहादुरले छोरीतिर पनि मन डुलाउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आमा धेरैजसो बाहिर बाहिरै हुने, कृष्णबहादुर चाहिँ काम सकेपछि गोंगबुतिरै हुने । कोठामा हेर्थे, आमा–छोरीमध्ये जो भए पनि पुगिहाल्थे । छोरीमाथि गलत नियतले सम्बन्ध राख्न खोजेपछि उनी प्रतिवाद गर्थिन् । राति आमा आएपछि छोरीले सुनाउने गरेकी थिइन् ।

यसपछि कल्पनाले पैसा नतिर्ने, बरु बलात्कार मुद्दा हाल्ने भन्दै आएकी थिइन् । प्रहरीले कृष्णबहादुर र कल्पनाबीच लेनदेनसम्बन्धी कागजात पनि बरामद गरेको छ ।

संलग्न अरू नै
कृष्णबहादुर हत्या अभियोगमा अहिलेसम्म कल्पना, उनकी छोरी र एम्बुलेन्सका ड्राइभर मात्र पक्राउ परेका छन् । तर, यसमा संलग्न अरू व्यक्ति पनि हुनुपर्ने प्रहरीको अनुमान छ । आमा–छोरी मात्रै भएर मान्छे मार्ने, झोलामा प्याक गर्ने र खुला ठाउँमा लगेर फ्याँक्ने जस्ता काम सम्पन्न भएकोमा प्रहरीको शंका छ ।

पक्राउ परेका एम्बुलेन्स ड्राइभरले कल्पनासँगको सम्बन्ध स्विकारेका छन् । तर, घटनामा संलग्नताबारे स्विकारेका छैनन् । शनिबार राति कृष्णबहादुरलाई काटकुट गरी आइतबार बिहानै झोलामा हालेर फ्याँकेपछि एम्बुलेन्स लिएर चालक उनीहरू बस्ने टोलमै पुगेको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७