काठमाडौं उपत्यकामा आजै थपिए १३९ जना कोरोना संक्रमित


२८ श्रावण २०७७, बुधबार
kathmandu

काठमाडौं, २८ साउन । पछिल्लो २४ घण्टाभित्र काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमितहरु कुन–कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । आज (बुधबार) नेपालमा थपिएका ४८४ जना संक्रमितमध्ये काठमाडौं उपत्यकाका १४३ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४८१ परीक्षणमा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १६ हजार ७२८ उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७