४८४ जना संक्रमित हुँदा कोरोना निको हुनेको संख्या ६७ जना मात्रै


२८ श्रावण २०७७, बुधबार
korona

काठमाडौं, २८ साउन । पछिल्लो समय नेपालमा कोराना संक्रमित हुनेको संख्या भन्दा निको हुनेको संख्या निकै कम देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४८४ जनामा कारोना संक्रमण पुष्टि हुँदा ६७ जना कोरोना संक्रमित मात्र निको भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज (बुधबार) थप ६७ जना कोरोना संक्रमित निको भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरसे संक्रमणमुक्त हुनेको संख्या १६ हजार ७२८ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र काठमाडौं उपत्यकामा थप १३९ सहित नेपालमा ४८४ जना नयाँ संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४८१ परीक्षणमा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ जना पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९१ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७