प्रहरी हिरासतमा मृत्यु


२८ श्रावण २०७७, बुधबार

धनगढी, २८ साउन । धनगढी उपमहानगरपालिका–१४ फूलबारी गाउँका एक व्यक्तिको आज प्रहरी हिरासतमा मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय अम्मरबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

मदिरा सेवन गरी गाउँघरका स्थानीयवासीलाई मार्छु र आफू पनि मर्छु भनेर तर्साउँदै आएका चन्दले आफन्तलाई पनि दुःख दिएपछि आज बिहान ३ः०० बजे वडा नं १९ मा रहेको सीमा प्रहरी चौकी बहुलिया प्रहरीले उनलाई नियन्त्रणमा लिई हिरासतमा राखेको र शौचालय गएको अवस्थामा त्यही मृत फेला परेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

मृतक चन्दको घाँटीमा गहिरो चोट रहेको र घटनास्थलमा ब्लेड फेला परेको बताइएको छ । उनको शव अहिले परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७