सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही


५ भाद्र २०७४, सोमबार
Nepal Mount Everst.

everest

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका छन् । सो सङ्ख्या अहिलेसम्मकै बढी भएको उनले बताए । गत वर्ष कुल ३४ समूहका २८९ जनाले आरोहणको अनुमति लिएका थिए ।

“यस वर्ष अनुमति लिने क्रम चलिरहेको छ, वैशाख मध्यसम्म अनुमति लिन सकिने भएकाले सङ्ख्या अझै बढ्न सक्छ,” ढकालले भने। पर्यटन विभागबाट अनुमति लिएकामध्ये मङ्गलबारसम्ममा ३१ समूहका २९४ जना आरोही सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)को कार्यालय नाम्चेबाट अनुमति लिएर आधार शिविरतर्फ लागेका छन् ।

आरोही काठमाडौँबाट लुक्लासम्म हवाईजहाजमा तथा त्यहाँबाट नाम्चे पुगी एसपीसीसीको कार्यालयबाट अनुमति लिएर आधार शिविरतर्फ जाने गर्दछन् । केही आरोही दोलखाको जिरीहुँदै पैदल तथा सल्लेरीसम्म सडकमार्गबाट भएर त्यहाँबाट आधार शिविरतर्फ जाने गरेका छन् ।

यस वर्ष आरोहीको सङ्ख्या अत्याधिक भएपछि सगरमाथामा ट्राफिक जाम हुने सम्भावना बढेकाले आरोहणका लागि कुशल व्यवस्थापनमा लागेको सगरमाथा आरोही सङ्घका अध्यक्ष आङ छिरिङ शेर्पाले बताए । ‘यस वर्ष आरोहीको सङ्ख्या बढी भएकाले व्यवस्थापनमा विशेष ध्यान दिएका छौँ,’ उनले भने ।

रासस

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७