कोरोनाको खोपमा आशंका गरिएपछि रुसले भन्यो : हाम्रो सफलतामा अरुलाई ‘जलन’ भयो

रुसले अबको दुई हप्ताभित्रै डाक्टरहरूलाई कोरोनाविरुद्धको खोप दिने


२९ श्रावण २०७७, बिहीबार
korona khop 1

काठमाडौं, २९ साउन । रुसले संसारमै सबैभन्दा पहिले आफूले बनाएको सफल कोरोना खोपबारे विश्व स्वास्थ्य संगठनलगायत अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरेको शंका ‘पूरै निराधार’ र बेलुकको टिप्पणाी भन्दै खण्डन गरेको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले आफ्नो देशले खोप तयार पारेपछि अन्य देशहरुलाई जलन भएकाले आलोचना गरेको बताएका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत मंगलबार आफ्ना देशका वैज्ञानिकले बनाएको कोरोनाविरुद्धको खोप हरेक परीक्षणमा खरो उत्रिएको बताउँदै यसलाई दर्ता गरिएको घोषाणा गरेका छन् । तर विश्व स्वास्थ्य संगठनलगायत विशेष गरी जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाका वैज्ञानिकले यति चाँडै खोप कसरी बन्छ भनेर शंका गरिरहेका छन् ।

coronna 1

यस विषयमा बुधबार रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससँग भने, ‘यस्तो लाग्छ– हाम्रा विदेशी साथी रुस चिकित्सामा अगाडि बढ्न खोजेकामा चिन्तित छन् र त्यस्तो शंका गरेका छन् । जुन कुरा एकदमै निराधार हो ।’

रूसी अधिकारीले अक्टोबरदेखि ठूलो संख्यामा खोप लगाउन शुरु गरिने बताएका छन् । रुसी स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले पहिलो चरणमा अबको दुई हप्तामा नै डाक्टरलाई खोप दिने जानकारी दिँदै परीक्षण बिना नै प्रयोगमा ल्याउन लागेको भन्ने अन्तर्राष्ट्रिय चिन्ता निराधार भएको बताएका हुन् ।

विश्व स्वास्थ्य संगठनले यस विषयमा समीक्षाका लागि रूसी अधिकारीसँग सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले हाल ६ वटा खोपको निगरानी गरिरहेको छ, जसमा रुसले बनाएको खोप समावेश छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७