त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने


२९ श्रावण २०७७, बिहीबार
Tribhuwan Univercity

काठमाडौ, २९ साउन । त्रिभुवन विश्वविद्यायलको परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने भएको छ । त्रिविको व्यवस्थापन संकायले नयाँ सेमेष्टरको कक्षा शुरु गर्ने निर्णय लिएको हो ।

कोभिड १९ को जोखिम बढ्दै गएका कारण परीक्षा लिन सम्भव नभएकाले अर्को नयाँ सेमेष्टरको अनलाइन कक्षा शुरु गर्ने निर्णय भएको डीन प्राध्यापक डिल्लीराज शर्माले जानकारी दिए ।


डिनको कार्यालयले बिहीबार निकालेको सूचनामा परीक्षा रोकिएपनि नयाँ सेमेष्टरको पढाइ शुरु गर्ने निर्णय भएकाले अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई आह्वान गरिएको छ ।


परीक्षा भने परिस्थिति अनुकुल भएपछि मात्र सञ्चाल गरिने डीन शर्माले जानकारी दिए । यसअघि परीक्षा नियन्त्रण कार्यालयले भदौको तेश्रो सातादेखि परीक्षा लिने भन्दै सूचना निकालेको थियो । तर कोभिड १९ का संक्रमितको संख्या देशभर बढेपछि पुनः परीक्षा स्थगित गरिएको छ ।


भदौ १ देखि बिद्यालय सञ्चाल, लामो तथा मध्यम दुरीको यातायत, हवाई उडान खोल्ने भनेको सरकारले कोरोना संक्रमण बढेसँगै भदौ १६ भदौसम्म सारेको छ ।

tu Notic

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७