भर्खरै अयोध्याको राम मन्दिरमा मोदीसँग भूमिपूजा गर्ने गोपालदासमा कोरोना संक्रमण


२९ श्रावण २०७७, बिहीबार
b0d3426c8f9ba6b29d3b648c103dd168 w1000 h500 cp

नयाँदिल्ली, २९ साउन । भारतको अयोध्यामा भर्खरै मात्र प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको शिलान्यास गरेका थिए ।

मोदीले राम मन्दिरमा भूमिपूजा पनि गरेका थिए । भूमिपूजाका क्रममा राम मन्दिर ट्रस्टका प्रमुख नृत्य गोपालदास पनि मोदीसँगै थिए । इन्डिया टुडेका अनुसार मोदीसँगै भूमिपूजा गर्ने गोपालदासमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

राम मन्दिर ट्रस्टले गोपालदासमा कोरोना पुष्टि भएको बिहीबार बताएको छ । अयोध्यामा गत अगष्ट ५ मा भएको राम मन्दिर भूमि पूजन कार्यक्रममा गोपालदाससँग मोदीसँगै, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तर प्रदेशकी गभर्नर आनन्दी बेन पटेल लगायतका व्यक्तिहरु सहभागी भएका थिए । गोपालदासलाई हाल श्वासप्रश्वासमा समस्या उत्पन्न भएको जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७