कलङ्की, कालीमाटी लगायत क्षेत्र अत्यावश्यक बाहेकका सबै पसल बन्द

फलफुल तथा तरकारी पसल ९ बजेसम्म मात्र खोल्न पाउने


२९ श्रावण २०७७, बिहीबार
kalimati tarkari pasal

काठमाण्डौं, २९ साउन । काठमाण्डौ महानगरपालिका वडा नम्बर–१४ ले कलङ्की, कालीमाटी लगायत क्षेत्र अत्यावश्यक बाहेकका पसल बन्द गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन थालेपछि वडा कार्यालयले प्रेस विज्ञप्ति निकालेर आफ्नो क्षेत्रमा अत्यावश्यक बाहेकका पसल नखोल्ने निर्णय गरेको हो ।

वडाले समुदायमा नै कोरोना फैलिसकेको निष्कर्ष निकालेर बिहीबारदेखि केही दिनअघि क्यासेट पसलका एक जनालाई सङ्क्रमण देखिएको र पछि कन्ट्याक्ट ट्रेसिङ गर्दा अन्यमा पनि सङ्क्रमण पाइएको विज्ञप्तिमा उल्लेख छ ।

बिहीबारदेखि १५ दिनसम्म अब वडा नम्बर १४ का कलङ्की, कालीमाटी, खड्का गाउँ, कुलेश्वर, बल्खु खोलासम्मका पसल तथा गतिविधि बन्द गरिएको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिए ।

अब फलफुल तथा तरकारी व्यवसायीले बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र पसल खोल्न पाउने छन भने औषधिलगायत खाद्यान्न खुद्रा व्यवसायीले दुरी कायम गरेरमात्र दिनभर पसल खोल्न पाउने छन् ।

उपत्यकामा काेराेना संक्रमण तिब्र गतिमा फैलिएसँगै यसअघि नै न्यूरोड, महाबौद्ध, असन क्षेत्र शिल गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७