आज थपिएका ५२५ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?


२९ श्रावण २०७७, बिहीबार
korona 1

काठमाडौं, २९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ९५७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १६ हजार ८३७ उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज थपिएका संक्रमित कुन जिल्लाका कति ?
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धनुषा, झापा र पर्साका १–१, सुनसरीका १९ र उदयपुरका १, कोशी अस्पताल विराटनगरमा मोरङका ४० जनामा कोरोना भेटिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा इलामका ४ र मोरङका ४८, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा धनुषाका १९, महोत्तरीका २०, रौतहटका ४ र सिरहाका १, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ३१ र सिरहाका १ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, नारायणी अस्पताल वीरगञ्जमा बाराका १, पर्साका ३६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका १३, नुवाकोट १, रौतहट १७, सर्लाही २६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

कोरोना पुष्टि हुनेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका २ र सुनसरीका १, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका ७, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा चितवनका ४, काठमाडौंका १, मकवानपुरका २८, रामेछापका १, रौतहट र सिन्धुलीका २–२ जना छन् ।

धुलिखेल अस्पतालमा झापाका १, काठमाडौंका २, काभ्रेका ८ र रामेछापका २, वीर अस्पताल काठमाडौंमा दोलखाका १, काठमाडौंका ४ र सुर्खेतका १, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका ३ र रौतहटका १ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए ।

नेपाल प्रहरी अस्पतालमा काठमाडौंका ४८ र ललितपुरका १, स्टार अस्पताल सानेपामा भक्तपुरका १, धुनषाका २, काठमाडौंका १९, ललितपुरका ७, पर्सा र रौतहटका १र१, बिध ल्याब काठमाडौंमा काठमाडौंका ४ जनामा कोरोना पुष्टि भएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा सूर्या हेल्थ सेन्टर लाजिम्पाट प्रयोगशालामा काठमाडौंका १, ह्याम्स अस्पतालमा कपिलवस्तुका १, काठमाडौंका ९, ललितपुर र पर्साका १–१ जनामा कोरोना भेटिएको छ ।

नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा भक्तपुरका ४ र काठमाडौंका ७, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा कास्कीका ३, नवलपरासी पूर्वका २ र तनहुँका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका १८, प्युठान र रुपन्देहीका २र२ जनामा कोरोना पाइएको छ ।

मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका २, भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा बाँकेका १० र बर्दियाका ३, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कपिलवस्तु, नवलपरासी पूर्व, पाल्पा र प्यूठान १–१ र रुपन्देहीका ४ जनामा कोरोना पुष्टि भएको छ ।

नेसनल प्याथल्याब प्रालि बुटवलमा कपिलवस्तु र नवलपरासी पश्चिमका १–१, रुपन्देहीका ६, डडेल्धुरा अस्पताल प्रयोगशालामा बैतडी र डोटीका १–१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७