रुसले बनाएको खोप भेनेजुएला र फिलिपिन्सले प्रयोग गर्ने


२९ श्रावण २०७७, बिहीबार
korona khop

मनिला, २९ साउन । रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने भएका छन् ।

रुसले हालै दर्ता गरेको नयाँ खोप ‘स्पुटनिक पाँचौ’ को प्रयोग गर्न फिलिपिन्स र भेनेजुएला तयार भएका हुन् । परीक्षण सफल भएपछि भेनेजुएलामा उक्त खोपको प्रवर्धन र प्रयोग गरिने यहाँका अधिकारीहरुले जनाएका छन् ।

रुसी अधिकारीहरुका अनुसार भेनेजुएलाले उक्त खोप दर्ता हुनुअघि नै क्लिनिकल ट्रायलमा नै सहभागी हुन प्रस्ताव गरेको थियो । साथै बजारमा उक्त खोपको प्रवर्धन गर्ने बताइएको हो ।

यस्तै फिलिपिन्सले पनि यही वर्षको अन्त्यअघि नै क्लनिकल परीक्षण गरिने बताएको छ । रुसले भने क्लिनिकल ट्रायल सुरु हुनुअघि नै खोप दर्ता गरेको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त खोपलाई विभिन्न चरण हुँदै आम जनतामाझ पुर्‍याउने बताएका छन् ।

पुटिनले यसअघि आफ्नी छोरीमाथि खोप परीक्षण गरिसकेको जनाएका छन् । साथै उनले खोप पूर्ण रुपमा सुरक्षित भएको दावी गर्दैआएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७