सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन आइसी एशिया लघुवित्त वित्तीय संस्थाबीच सम्झौता


२९ श्रावण २०७७, बिहीबार

काठमाडौं, २९ साउन । सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाबीच सम्झौता भएको छ।

जसअन्तर्गत अब सिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एनआइसी एशिया लघुवित्तका शाखाहरुबाट पनि हुने भएको छ। एनआइसी एशियाका देशभर १०५ लघुवित्तका शाखाहरु रहेका छन्।

उक्त शाखाहरु मार्फत सिटी एक्सप्रेसका आन्तरिक तथा अन्तराष्ट्रिय कारोबारहरुको भुक्तानी हुनेछ।सम्झौतामा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द« टण्डन र एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्माले हस्ताक्षर गरे।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया,अष्ट्रलिया, आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७