बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने


२९ श्रावण २०७७, बिहीबार
bank3

काठमाडौं, २९ साउन। बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कोरोना लागे सम्पूर्ण खर्ब सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा संक्रमण देखिए सम्पूर्ण खर्च बेहोर्नु भनेको हो ।

संक्रमित कर्मचारीलाई अस्पतालमा, घरमा वा होटल जहाँ आइसोलेसनमा राखे पनि बैंकलाई नै खर्च गर्न राष्ट्र बैंकले भनेको छ । कोरोना लागेका कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा आएका कर्मचारीहरुलाई पनि बैंककै खर्चमा क्वारेनटाइनमा राख्न समेत भनिएको छ ।

क्वारेनटाइन तथा आइसोलेसन अवधिभरको तलब तथा सेवा सुविधा समेत बैंकले दिनु पर्नेछ । राष्ट्र बैंकले २ सय भन्दा बढी संक्रमित भएका जिल्लाका बैंक शाखाहरुलाई ५० प्रतिशत कर्मचारीमात्रै राखेर सेवा दिन भनेको छ । सेवा दिदा बैंकहरुले सम्भव भएसम्म वर्क होम वा सहज कार्य शैली (फ्लेक्जीवल वर्किङ मोडल) अपनाउन भनेको छ ।

हेर्नुस् केके छन् राष्ट्र बैंकको परिपत्रमा ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७