२०७७ साउन ३० गते शुक्रबारको तपाईको राशिफल


३० श्रावण २०७७, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
निर्णायक क्षमतामा कमी आउने छ । प्रेममा मनमुटावका साथै मनमा शंका उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कार्यको थालनी हुनेछ । वाकपटुताद्वारा आफ्नो काम सफल बनाउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्ने छ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विद्या र नयाँ ज्ञान बढ्ने छ । सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । आकस्मिक धन लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउने छ । कला र गलाको प्रभाव बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाजु भाइबाट सहयोग र ससुराली पक्षसंग सम्बन्ध राम्रो बन्ने छ । कृषि कार्यबाट लाभ मिल्ने छ । आफन्तसँग भेट घाट हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफन्तसँग भेटघाट र मित्रहरुबाट सहयोग मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । राज्यबाट मान सम्मान पाइने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपवरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । मन प्रसन्न र खुसी पनि रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने छ । रोकिएको धन र व्यापार, व्यवसायमा लाभ मिल्ने छ । परिवारिक सद्भाव बढ्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७