‘धुर्मुस–सुन्तली’ लाई राधिकाको चेक, लेखिन्–‘खोपोसम्म खोलेर भए पनि सहयोग गर्नुस्’


१९ माघ २०७४, शुक्रबार
radhika hamal

काठमाण्डौं, १९ माघ : एकीकृत वस्ती विस्तारका लागि आर्थिक अभाव भइरहेको भनेर केहि दिनदेखि समस्या सुनाइरहेका हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउण्डेशनलाई लोक गायिका राधिका हमालले आर्थिक सहयोग गरेकी छन् ।radhika hamal 768x589

राजधानीको अनामनगरस्थित म्युजिक बैंक नेपाल रेकर्डिङ स्टुडियो परिवारले चौथो नमुनाबस्ती सन्तपुरका लागि ५१ हजार १ सय ५५ रुपैयाँ प्रदान गरेको छ । चर्चित गायिका राधिका हमालले उक्त चेक धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई हस्तान्त्ररण गरेकी छन् । उनले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छन्–‘यस नमूना बस्तीका अथक अभियन्ता आदरणीय कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ज्युलाई रकम प्रदान गर्न पाउँदा हर्षित छु, यहि माघ २३ गते बस्ती हस्तान्तरण हुँदैछ, म त आइसके हजुरहरु पनि पक्का आउनुहोस्, यहाँको बयान शब्दमा गरेर साध्य छैन, नमूना बस्ती साँच्चीकै नमूना बनेको छ ।’radhaka hamal 1

उनले थप लेखेकी छन्–‘तर पछिल्लो समयमा आर्थिक समस्याको समाचारले मलाई तान्यो र त्यो साँचो छ, एक पटक फेरि तपाईं हाम्रो थोपा–थोपा सहयोगको खाँचो छ, हजुरहरुको पनि मनकारी मनको सकेसम्म दैलो, नसके झ्याल नभए खोपोसम्म भए पनि खोलेर सहयोग गर्नुहोस् है भन्न चाहन्छु ।’ चाँडै नै नमूना बस्ती स्थानीयलाई हस्तान्तरण गर्ने तयारीमा रहेको फाउण्डेशनलाई अझै ९० लाख जति रकम अपुग भइरहेको सीताराम कट्टेलले बताउँदै आएका छन् । उनले यसका लागि सहयोग गरिदिन सबैलाई आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७