सामाजिक सञ्जालले यसरी लिन्छ ज्यान


३० श्रावण २०७७, शुक्रबार
social sites rsTHFjFi4i

काठमाडौं, ३० साउन । परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुपर्‍यो ।

चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबिती बयानअनुसार बोहोराले उनलाई पटक पटक ब्ल्याकमेलिङ गरेर यौनसम्बन्ध राख्दै आएका थिए ।

हुर्केकी छोरीसम्मलाई बोहोराले गलत नजरले हेर्न थालेपछि आफू उक्त अपराध गर्न बाध्य भएको पौडेलले बयानमा खुलाएकी छन् । फिल्मी शैलीमा पौडेलले गरेको उक्त अपराधबारे अनुसन्धान गर्ने प्रहरी र स्थानीयवासीले आश्चर्यप्रकट गरे। एउटी महिला कसरी पासविक हत्यामा उत्रिन सक्छिन् भनेर ।

२०७६ असार १६ गते आफ्नो प्रेममा बाधक बनेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका खरिपाटीकी ईश्वरी भट्टराईले ६० वर्षीया आमा सावित्री भट्टराईको हत्या गर्न लगाइन् । श्रीमान् हुँदाहुदै ईश्वरीको भारतीय नागरिक महोम्मद नैसाफसँग अवैध सम्बन्ध थियो । उक्त सम्बन्धबारे ईश्वरीकी आमा सावित्री जानकार थिइन् ।

नैसाफ र ईश्वरीको चिनजान र भेट पनि फेसबुकले नै जुराएको थियो । कामले श्रीमान् बाहिर रहेका बेला ईश्वरीले नैसाफलाई घरमा बोलाउँथिन्। आमाले परपुरुषसँग सम्बन्ध नराख्न ईश्वरीलाई पटक पटक सम्झाएकी पनि थिइन् । तर, छोरी नै आमाका काल बनिन् । भरतीय नागरिकलाई १२ लाख रुपैयाँको सुपारी दिएर ईश्वरीले पे्रमी नैसाफको योजनामा आमाको हत्या गरेकी थिइन् ।

२०७६ माघ २४ गते मोरङको विराटनगरस्थित उखुबारीमा हत्या गरेर फालेको अवस्थामा एउटी महिलाको शव फेला पर्‍यो । प्रहरीले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा ती महिला सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियार रहेको रहस्य खुल्यो । परियारको हत्याको आरोपमा सप्तरी जिल्ला मट्टीगढा घर भई मोरङको बूढीगंगा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई पक्राउ गरियो ।

साहले प्रहरी बयानमा सम्झनाले आफूलाई पटक पटक विवाह गर्न दबाब दिएकै कारण आवेगमा आएर माघ २१ गते हत्या गरेको बयान दिए । विवाह नगरे दुईजनाको सम्बन्ध सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिएपछि सम्झनाको हत्या गर्ने निष्कर्षमा आफू पुगेको सुरेन्द्रले प्रहरी बयानमा खुलाएका थिए ।

दुई बच्चाकी आमा सम्झना र सुरेन्द्र लामो समयदेखि रिलेसनसिपमा थिए । सम्झनाको हत्या अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुर समेत परिचालन गरेको थियो । सम्झनाको शव बोक्न प्रयोग भएको मोटरसाइकल कुकुर र सीसीटीभीको माध्यमबाट पत्ता लागेको थियो ।

यी तीन घटना सामाजिक सञ्जालसँग जोडिएका गम्भीर प्रकृतिका अपराधका शृंखला मात्र हुन् । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ । मन मिलुन्जेल अवैध सम्बन्ध ठीक।

तर, सम्बन्धमा टकराव आएपछि त्यही सम्बन्ध बार्गेनिङको हतियार बन्ने गरेको प्रहरीको विभिन्न अनुसन्धानले देखाएको छ। यतिसम्मकि अवैध सम्बन्धको फोटो र भिडियो बनाएर एकले अर्कोलाई धम्क्याउने र कालान्तरमा सम्बन्ध हत्यामा पुगेर टुंगिने गरेको देखिन्छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७