लाइप्जिग पहिलोपल्ट च्याम्पियन्स लिगको सेमिफाइनलमा


३० श्रावण २०७७, शुक्रबार
113933851 gettyimages 1266167703

काठमाडौं, ३० साउन । आरबी लाइप्जिग पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । राति भएको खेलमा एट्लेटिको मड्रिडलाई २–१ ले हराउँदै लाइप्जिग अन्तिम चारमा पुगेको हो ।

लाइप्जिगका ड्यानियल ओल्मो र टेलर अदाम्स्ले एकरएक गोल गरे । एट्लेटिको मड्रिडका जोआओ फेलिक्सले खेलको ७१ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरे ।
एट्लेटिकोका फेलिक्सले खेल बराबरीमा ल्याए पनि खेल सकिन दुई मिनेट बाँकी छँदा अदाम्स्ले गोल गर्दै लाइप्जिगलाई जित दिलाएका हुन् ।

अब लाइप्जिगले पहिलो सेमिफाइनलमा भदौ २ गते पेरिस सेन्ट जर्मेन पीएसजीसँग खेल्नेछ । पीएसजीले हिजो एटलान्टालाई २–१ ले हराएर सेमिफाइनल यात्रा तय गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७